
बाराको सिमरास्थित जगदम्बा स्टील प्रा.लि.मा आज विहान आगलागी भएको छ । फर्निस आयल चुहावट भई आगलागि शुरु भएपछि जगदम्वा स्टीलको जि.आई.तार सेक्सन जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
विहान करिव सवा पाँच बजे शुरु भएको आगो इलाका प्रहरी कार्यालय सिमरा, सशस्त्र प्रहरी वल र मजदुरको सहयोगमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि वीरगञ्ज उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकाको बारुणयन्त्र सक्रिय भएका थिए । दुबै बारुण यन्त्र आएपछि मात्र आगो पुर्णरुपमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आई नसकेको प्रहरीले जानकारी दिएको छ ।