१२ पुष २०७२, आईतवार

बाराको सिमरास्थित जगदम्बा स्टील प्रा.लि.मा आज विहान आगलागी भएको छ । फर्निस आयल चुहावट भई आगलागि शुरु भएपछि जगदम्वा स्टीलको जि.आई.तार सेक्सन जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । विहान करिव सवा पाँच बजे शुरु भएको आगो इलाका प्रहरी कार्यालय सिमरा, सशस्त्र प्रहरी वल र मजदुरको सहयोगमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि वीरगञ्ज उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकाको बारुणयन्त्र सक्रिय भएका थिए । दुबै बारुण यन्त्र आएपछि मात्र आगो पुर्णरुपमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आई नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV