१२ पुष २०७२, आईतवार

इन्धन अभावको बहानामा धेरै बिकास योजनाको काम ठप्प बने पनि उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरमा हजारैको संख्यामा मजदुर परिचालन गरेर काम अघि बढाइएको छ । नेपाली सेनाले निर्माण कार्य अघि बढाइरहेको गुल्मी बागलुङको सिमाना पालुङखोला देखि बागलुङको मालढुङ्गा सम्मको २८ किलोमिटरमा ६ हजारको संख्यामा मजदुरहरु परिचालन गरेर काम अघि बढाइएको नेपाल सेनाले जनाएको छ ।
मंसीर सम्ममा सम्पन्न गर्ने गरी असार देखि निमार्ण कार्य सुरु गरिएको भएपनि इन्धन अभावको कारण निमार्ण कार्य पछि धकेलीएको प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ३ वटा मात्रै मेसीन र केही मात्रमा कम्प्रेसको प्रयोग गरीएको छ भने अन्य काम मजदुरहरले गरीरहेका छन् ।

मालढुङ्गा, सियडी र नारायणस्थानमा मेसीनको प्रयोग गरीएको छ । माटो खन्ने,ग्याबीन चिर्ने लगायतका काम मजदुर मार्फत गरिएको बताइएको छ । इन्धन अभाबै कारण तोकीएको समयमा नै काम सम्पन्न गर्न नसके पनि आउदो बैशाख महिना सम्म मजदुरहरुको संख्या थपेरै भएपनि निमार्ण कार्य सम्पन्न गरीने प्रमुख सेनानी भट्टराईले बताउनुभयो । अहिले सम्म करीब ७२ प्रतीशत काम सम्पन्न भएकोमा करीब ३३ प्रतिशत लागत बढ्ने भट्टराइले जानकारी दिनुभयो ।

निमार्णका क्रममा कतिपय स्थानमा मेसीनको प्रयोग बिना काम अघि बढाउन नसकीने भएपछि बिभिन्न तवरबाट मासीक २० हजार लिटर इन्धन व्यबस्था गरीने बताइएपनि न्युन मात्रमा इन्धन उपलब्ध भएकाले सीमित परिमाणमा इन्धनको प्रयोग गरीएको भट्टराईले जानकारी दिनुभयो ।
करिडोर निमार्ण सम्पन्न भएपछि हिमाल, पहाड र तराईलाइ जोड्ने सबै भन्दा छोटो सडक मार्ग बन्ने बताइएको छ । मुस्ताङको कोरल्ला नाकादेखि सुनौली सम्म तीन सय ४२ किलोमिटर सडक खण्डको २८ किलोमिटर सडक बागलुङ जिल्लामा पदर्छ ।

LIVE TV