१२ पुष २०७२, आईतवार

तराई मधेश आन्दोलनले प्रभाबित बनेको लुम्बिनी क्षेत्र पछिल्लो समय त्यहाँ भैरहेको कर्मचारी आन्दोलनका कारण थप आक्रान्त भएको छ ।आन्दोलनमा उत्रिएका कर्मचारीहरु संग सहमति गरी मागहरु कार्यान्वयन गर्छौ भन्दै हिडेका लुम्बिनी बिकाश कोषका पदाधिकारीहरु अहिले सम्पर्क बिहीन भए पछी लुम्बिनी बिकाश कोष र लुम्बिनी क्षेत्र लथालिंग अबस्थामा पुगेको छ ।
साउन अन्तिमबाट तराई मधेश आन्दोलन सुरु भए लगत्तै लुम्बिनी छाडेका लुम्बिनी बिकाश कोषका पदाधिकारीहरु अहिले सम्म लुम्बिनी फर्केका छैनन् । पदाधिकारीको अनुपस्थिति संगै लुम्बिनी बिकाश कोषका कर्मचारीहरु आन्दोलनमा उत्रिए पछी बुद्धजन्मस्थल लुम्बिनी अस्त ब्यस्त बनेको छ । आन्दोलनमा उत्रिएका कर्मचारी हरु संग सहमती गरी मागहरु कार्यान्वयन गर्छौ भन्दै हिडेका लुम्बिनी बिकाश कोषका पदाधिकारीहरु सम्पर्कमा नरहे पछी लुम्बिनी बिकाश कोष र लुम्बिनी क्षेत्र लथालिंग अबस्थामा पुगेको छ । आन्दोलनरत कर्मचारी ,कोष ब्यबस्थापन बिच भाद्र ११मा भएको बार्ता अनुसार ८ बुदा मध्ये ५ बुदामा सहमती भई संझौता भएको र लागु गर्छौ भन्दै हिडेका पदाधिकारी त्यसपछी भने अहिले सम्म लुम्बिनी बिकाश कोषमा उपस्थित नै नभएको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । स्थानिय बासिन्दाहरु पनि लुम्बिनी क्षेत्र अस्त ब्यस्त बनेकोमा दुखी छन् । उनिहरु भन्छन सरकारले बिश्वकै सर्बोच्च शिखरकै रुपमा रहेको धरोहर लुम्बिनी लाई ध्यान दिएन् । लुम्बिनी सम्बद्ध मन्त्रीले खाली त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थल र पशुपति नाथ मन्दीर मात्र निरीक्षण गरेर पुग्दैन लुम्बिनी समेत आउन आग्रह गर्नु हुन्छ स्थानीय पर्यटन ब्यबसायी तथा सिद्धार्थ होटल एशोसियसनका महासचिब लिलामणी शर्मा ।

लुम्बिनी अस्तब्यस्त बन्दा सरकारले लाखौ आम्दानी गुमाईरहेको छ । मायादेबी मन्दीर प्रबेशमा शुल्क लाग्ने गर्दथ्यो ।तर अहिले आन्दोलनका कारण टिकट बिक्री गर्ने शाखामा कर्मचारी समेत नहुदा गत असोज २४ गतेबाट मायादेबी मन्दीर प्रबेश गरेको शुल्क समेत तिर्न पर्दैन् । बिदेशी पर्यटकहरुले निशुल्क प्रबेश पाईरहेका छन् । जस्ले गर्दा कोषलाई लाखौ नोक्सानी भैरहेको छ । अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष एबं लुम्बिनी बिकाश कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रैयले कोषका पदाधिकारीहरुमा राजनितीक नियुक्ती अथवा राजनैतिकदलका मानिसहरु नियुक्ती हुनु र उनिहरुले यँहाको बिकाश निर्माणमा चासो नदिनु लगायतका कारणले लुम्बिनी अस्तब्यस्त बनेको बताउनु भयो ।

बर्तमान प्रतिकुल समयमा पनि बिभिन्न बाधा अबरोधका बाबजुद पुर्बि नेपालको झापा दमकबाट लुम्बिनी भ्रमणका लागी आएका यो काफ्ले दम्पतीले पनि लुम्बिनी अहिले सोचेजस्तो नरहेको र अस्तब्यस्त भएको गुनासो पोखे ।

राजनैतिक हस्तक्षेपले भद्रगोल भएको लुम्बिनी अहिले फेरी जर्जर बनेको छ । यँँहा सम्मकी गत बर्षको मंसिर महिनामै यँहा सञ्चालनका लागी आएको ७० वटा बिद्युतिय रिक्सा लुम्बिनी बिकाश कोषको अकर्मन्यताका कारण अहिले सम्म सञ्चालन हुन सकेको छैन् । दातृ निकाय कोरीयन इन्टरनेशनल कोअपरेशन एजेन्सी कोईकाको सहयोगमा प्राप्त यि बिद्युतिय रिक्साहरुको अहिले पांग्रा पन्चर भैसकेका छन भने ईन्जिनमा खिया लागेका मात्र होईन बिद्युतिय रीक्साका ब्याट्री समेत चोरी भैसकेका छन् । । बुद्धको जन्मस्थल लुम्बिनीलाई बाताबरणिय प्रदुषणबाट मुक्त बनाउने र लुम्बिनी क्षेत्र भित्र भ्रमणका लागी आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरी संचालनमा आउन लागेको विद्युतिय रिक्सा संचालनमा आउ नसक्दा लागि दुःखको विषय रहेको लुम्बिनीका प्रचारक एबं अभियन्ता चेतन पन्तले बताउनु भयो ।

अहिले बुद्ध जन्मस्थल लुम्बिनीमा जताततै भद्रगोल छ । केन्द्रिय नहरमा सञ्चालनका लागी केही बर्ष अघि लाखौ खर्च गरेर ल्याईएको मोटर बोट २ बर्ष भन्दा लामो समय देखी नहरको किनारमा त्यसै थन्किएर बसेको छ । लुम्बिनीमा आध्यात्मिक गतिबिधीनै घटन गएको स्थानिय सरोकारवालाहरुको भनाई छ ।

LIVE TV