
सिरियामा सेनाले गरेको कारवाहीबाट बिद्रोही समूह जैश उल इस्लामकका प्रमुख नेता मारिएका छन् । सिरियाको प्रमुख बिद्रोही समूह जैश उल इस्लामका प्रमुख नेता राजधानी दमासकस नजिक भएको हवाई आक्रमणको क्रममा मारिएका हुन् ।
सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परि जैश उल इस्लामका संस्थापक नेता ४४ वर्षका जहरुन अलुशसहित केही अरु नेता मारिएको सञ्चार माध्यमहरुले जनाएका छन् । साउदी अरबको समर्थन पाएको यो समुह राजधानी दमासकस नजिकका क्षेत्रमा सक्रिय छ । केही समयअघि साउदी अरबको रियादमा भएको सिरियाका विपक्षीको सम्मेलनमा यो समुह पनि सामेल भएको थियो । समुहका उपनेता पनि सरकारी सेनाले गरेको रकेट आक्रमणमा मारिएको जनाइएको छ । सरकारी सेनाले जैश उल इस्लामका नेता बैठकमा बसेको स्थानलाई लक्षित गरेर १० वटा रकेट प्रहार गरेका थिए ।
सिरियामा राष्ट्रपति बसर अल असदको विरोधका विभिन्न बिद्रोही समुह सक्रिय छन् ।