१२ पुष २०७२, आईतवार

प्रोफेसनल गल्फर सञ्जय लामाको टिमले धरानमा सम्पन्न सूर्य नेपाल इष्टर्न ओपन प्रो एम स्पर्धाको उपाधि हात पारेको छ । लामासंगै एम्योचर गल्फरहरु एसएसपी राजेन्द्र श्रेष्ठ सन्तोष कार्की र शेखर लिम्बुको टोलीले १३६ स्कोर बनाउदै उपाधि कब्जा गरेको हो ।
शनिबार धरान स्थित निर्वाणा कन्ट्री कल्वको गल्फ कोर्षमा सम्पन्न स्पर्धामा नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठको टिमलाई ब्याक काउन्टको आधारमा पछि पार्दै सञ्जय लामाको टिमले उपाधि हात पारेको हो । विजेता टिमका प्रोफेसनल गल्फर लामाले नगद पुरस्कार पाए भने टोलीका एम्योचोर खेलाडीहरुले ट्रफी पाए । नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ सहित एम्योचर गल्फरहरु सुमोद वास्ताकोटी,उत्तम राई र अरुण राईको समुह १३६ स्कोर बनाउदै दोस्रो भएको छ । समान स्कोर बनाए पनि ब्याक काउन्टको आधारमा श्रेष्ठको टिम दोस्रो भएको हो । १३५ स्कोर बनाउदै प्रोफेसनल गल्फर भुवन नगरकोटीको टोली तेस्रो भएको छ । उनको टोलीका एम्योचोर गल्फरहरु रितेश तामाङ, विरेन लिम्बु र रोहित आचार्य रहेका थिए । भुवन नगरकोटी शुक्रबार सम्पन्न सुर्य नेपाल इष्र्टन ओपनका विजेता हुन् । स्पर्धामा क्लोजेट टु दी पिन को उपाधि एम्योचर गल्फर मेजर निश्चमजंग रायामाझीले हात पारे भने लङ्गेष्ट ड्राइभको उपाधि सुन्दर राईले जिते । १२ जना फ्रोफेनसनल गल्फर सहित ३६ एम्योचोर गल्फर सहभागी स्पर्धामा पुरुष तर्फ उत्कृष्ट एम्योचरको उपाधि एसएसपी राजेन्द्र श्रेष्ठले हात पारे पनि महिला तर्फको विना सापकोटाले जितिन् ।

स्पर्धाका विजेताहरुलाई नेपाल गल्फ एसोसिएसनका उपाध्यक्ष पुर्ण बहादुर राई, सुनसरी गल्फ संघका अध्यक्ष डिवी राई , निर्वाणा कन्ट्रि कल्व एण्ड हेल्थ रिसोर्टका अध्यक्ष शशी भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

LIVE TV