१२ पुष २०७२, आईतवार

बढ्दो चिसो थेग्न बाक्लो लुगा कुरेर बसेका भूकम्पपीडितको चिसोकै कारण मृत्यु हुने क्रम बढेको छ भने पीडितहरु धमाधम बिरामी पर्न थालेका छन् । भूकम्पमा घर भत्किएपछि टहरामा बस्दै आएका गोरखा आरुआर्वाङ-१ का अन्दाजी ६० वर्षीय लालबहादुर बरामको टहरामै मृत्यु भयो । नागरिक दैनिकमा समाचार छ ।

 

खाना खाएर टहरामा सुतेका बरामको चिसोले मृत्यु भएको छिमेकी अर्जुन बरामले बताए । उनका अनुसार गत शनिबार दिउँसोसम्म उनी तगडै थिए ।

 

आइतबार बिहान टहरामा उनलाई छिमेकीहरुले मृत भेटेका थिए । ओढ्ने-ओछ्याउने, जाडो थेग्ने लुगाकपडा थिएन । त्रिपालले बारेको टहरामा बस्दै आएका थिए बराम । उनी बस्दै आएको टहरो छ्याङछ्याङती हावा छिर्ने खालको थियो ।

 

LIVE TV