११ पुष २०७२, शनिबार

नेपाली कांग्रेस र एकिकृत माओवादीवीच देशको सामसामयिक विषयमा छलफल भएको छ । बैठकमा आजै साँझ मधेसी मोर्चा, सत्तापक्ष र कांग्रेसबीच त्रिपक्षीय वैठक वस्ने सहमति भएको छ ।
आज विहान एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल निवास लाजिम्पाटमा भएको छलफलमा मधेसी मोर्चालाई सहमतिमा ल्याउन भैरहेको प्रयासबारे छलफल भएको कांग्रेस नेता महेश आचार्यले जानकारी दिनुभयो । धेरै विषयमा सहमति भइसकेको र सिमाङकनको विषय पनि छलफलवाटै टुङग्याइने नेता आचार्यले वताउनुभयो ।
नेता आचार्यले आजै कांग्रेस र मोर्चाको छलफल हुने र त्यसपछि सत्ता पक्षसँग त्रिपक्षीय छलफल हुने जानकारी दिनुभयो ।

LIVE TV