११ पुष २०७२, शनिबार

फ्राइड्े रीलिजको परम्परा अनुसार फिल्म यो साता पनि दर्शको मन जित्ने दौडमा तिन फिल्महरु प्रस्तुत गरीएका छन ।यो साता बाट फिल्म धौलि उपत्यका भित्र र बाहीर गरेर प्रदर्शनमा आएको छ ।पुस दह गते बाट उपत्यका बाहीर प्रदर्शनमा आएको धौलि उपत्यका भित्रका दर्शकले भने पौस सत्र बाटमात्र हेर्न पाउने छन ।
फिल्मलाइ घनस्याम लामीछानेले निर्देशन गरेका हुन ।गाउको बास्तबिकता लाइ पर्दामा ल्याएकोले दर्शकको मन पराउने आसा उनले गरेका छन ।
फिल्मलाइ नरबहादुर गोदार,शम्भु थापा र सन्तोष कुमार आत्रेयले फिल्मलाइ निर्माण गरेका हुन ।कार्यकारी निर्माता किरण आत्रेय पनि फिल्मले दर्शकले रुचाउने बिषयमानै फिल्म निर्माण गरीएको बछाउदछन ।
धौलिमा गजित बिष्ट,अनु शाह,गिता अधिकारी,बिष्णु गौतम लगायत कलाकारको अभिनय फिल्ममा रहेको छ ।
अर्को फिल्म आधा पेज पनि प्रदर्शनमा आएको छ ।समुन्द्र भट्टको निर्देशन रहेको आधापेजको युनिटले अतिथिको लागि बिहीबार बिशेश शोको आयोजना पनि गरेका थिए।बिशेश शोमा फिल्मका कलाकार एबं प्राबिधिकले साथ दिएका थिए ।फिल्ममा सलोन बस्नेत,रीस्ता बस्नेत,रुपेश न्यौपाने लगायत कलाकारको मुख्य भुमीका रहेको छ ।
फिल्म टास्टा पारीको साइनो पनि शुव्रबार बाटै प्रदर्शनमा आएको छ ।

tista aadha page dhauli

LIVE TV