११ पुष २०७२, शनिबार

दर्शकलाई हल सम्म तान्न काफल पाक्यो चलचित्रले नयाँ स्किम आगडि ल्याएको छ । यहि माघको १ मा लाग्ने चलचित्र काफल पाक्योको निर्माण टोलीले बिहिबार पुितली सडकस्थित एक क्याफेमा औपचारीक कार्यक्रम गर्दै चलचित्र हेर्ने दर्शकले बैंकक घुम्न पाउने स्किम सार्वजनिक गरेका छन् ।

काफल पाक्योको निर्देशक सावित्रि खत्रिले दर्शकले चलचित्रको टिकट काट्ने मध्ये दुई लाई बैंकक घुम्ने अवसर प्रदान गरिने जानकारी गराईन् । चलचित्र हेर्न आउने दर्शकले टिकटसँगै एउटा कुपन पनि पाउनेछन् र उक्त कुपनलाई काउनटरकै छेउमा रहेको बाकसमा खसाल्नुपर्ने निर्देशक खत्रिले जानकारी गराईन् । चलचित्र रीलिज भएको तेस्रो सातामा लक्की ड्र मार्फत विजेता हुनेले तीन रात र चार दिनको भ्रमण गर्ने अवसर प्रदान गरीने निर्देशक खत्रिले बताएकी छिन् ।
रिलिज पुर्वनै काफल पाक्यो चलचिचत्रले लगानीको एक चौथाई उठाईुकेको निर्देशक खत्रिले बताएकी छिन् । क्यानाडा बाट तीन लाख, मलेसियाबाट चौध लाख, डिभिडि को अधिकारी विक्रिबाट सात लाख जति उठिसकेको र पौषको तेस्रो सातामा हुने च्यारीटि शो बाट चार लाख उठाउने योजना रहेकोे पनि बताएकी छिन् ।उक्त चलचित्रमा जीवन लुईटेल, वर्षा राउत, प्रदिप ढकाल, मुकेश आचार्य, बि.एस. राण र बालदीप राईको अभिनयमा प्रदिप भारद्वाजको लेखन, दीर्घ गुरुङ्ग र प्रदिप बज्रचार्यको छायाँङनमा बनेको चलचित्र काफल पाक्यो सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी रहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV