
आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित चलचित्र नोबेम्र रेनको ठुलो सफलता पश्चात क्लासिक चलचित्रमा पनि स“गै देखिदैछन् । सुवास ईन्टरटेन्मेन्टको व्यानरमा बनेको चलचित्र क्लासिकको विहिबार एक प्रेसमिटमा अफिसियल ट्रेलर सार्वजनिक गरीएको थियो । दृष्टिविहिन प्रेमी प्रेमिकाको प्रेम कथा पेश गर्ने सिनेमालाई म्युजिकल ड्रामा जान्रामा बनेको निर्देशक दिनेश राउतले बताएका छन् ।
यहि माघको २९ गते रिलिज हुने उक्त चलचित्र सुवास गिरी निर्देशित नोबेम्र रेन भन्दा पनि उत्कृष्ट रहेको निर्देशक राउतले बताएका छन् । निर्देशकले प्रेसमिटमा बोल्दै मन बाट नभएर दिमाग बाट उक्त चलचित्रलाई हेर्न अनुरोध पनि गरेका छन् । निर्माता एवंम अभिनेता आर्यन सिग्देलले मेहेनतको फल चाख्न हतार भएको पनि सुनाएका थिए ।
पे्रसमिटमै आर्यन र नम्रताले फिचरीङ्ग गरेका गीत (सुनौलो…) पनि सार्वजनिक गरीएको थियो भने युवराज चौँलागाई, मेलिना राई र कोसिस क्षेत्रिले गीत पनि गाएर मन्त्रमुग्ध तुल्याएका थिए ।