११ पुष २०७२, शनिबार

नयाँ संविधान २०७२ जारी भएपछि नेपाली नागरिकसंग विवाह गर्ने महिलाले नागरिकता पाउदैनन् भन्ने हल्ला व्याप्त छ । तर असोज ३ गते यता मात्र मोरङमा ३० जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् ।
पछिल्लो समय नागरिकता सम्बन्धी कुरालाई आन्दोलनको एउटा माग बनाईरहेको बेला वैवाहिक अंगिकृत नागरिकता लिनेहरुले नै सहज रुपमा नागरिकता पाईरहेको बताएका छन् । उनीहरुलाई नागरिकता ऐन २०६३ को प्रावधान अनुसार नै वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिएको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय मोरङले सोमवार र बिहीवार आवश्यक कागजातको आधारमा ७ घण्टा भित्र वैवाहिक अंगिकृत नागरिकता दिने गरेको जनाएको छ । नेपालमा जुनसुकै देशबाट विवाह गरेर आएका बुहारीलाई आप्mनो देशको नागरिकता त्याग्ने प्रकृयाको सिफारिसको आधारमा वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिदै आएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV