११ पुष २०७२, शनिबार

धरानमा सम्पन्न सूर्य नेपाल इष्र्टन ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले हात पारेका छन् । उपाधि संगै नगरकोटीले एक लाख नगद र ट्रफी हात पारेका छन् ।

पार ७० को निर्वाणा कन्ट्री क्लव धरानको गल्फ कोर्षमा सम्पन्न फाईनल प्रतियोगितामा नेपालका नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई एक स्कोरले पछि पार्दै नगरकोटीले उपाधि हात पारेका हुन् । नगरकोटीले तिनदिनको खेल समाप्ति संगै पार २१० मा कुल चार अण्डर २ सय ६ स्कोर खेलेर उपाधि जितेका हुन् । पार २१०मा कुल ३ अण्डर २०७ स्कोरका साथ शिवराम श्रेष्ठ दोस्रो भए । उनले नगद ६३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कुल इभन पार २ सय १० स्कोर गरेका सञ्जय लामा तेस्रो भए उनले नगद ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै एमेच्योर तर्फ धरानका शिवकुमार माझी प्रथम भएका छन् । कुल २ अण्डर २ सय ८ खेलेका माझीले एमेच्योर तर्फको ट्रफी हात पारेका छन् । प्रतियोगितामा २१ जना खेलाडिहरुलाई अंक तालिका अनुसार नगद पुरस्कार वितरण गरिएको छ । बुधवारदेखि सुरु भएको प्रतियोगिताका विजेता खेलाडिहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष विक्रम श्रेष्ठ, नेपाल गल्फ एशोसियशनका उपाध्यक्ष पूर्णबहादुर राई, सुनसरी गल्फ संघका सचिव तिलक राई र खेलकुद पत्रकार मञ्च सुनसरीका अध्यक्ष रत्नप्रसाद आचार्यले पुरस्कार वितरण गरेका थिए ।

umesh

LIVE TV