११ पुष २०७२, शनिबार

– बुद्धि शर्मा
भ्रमणको विषयलाई लिएर भारत भित्रै विभिन्न पक्षवाट आलोचना भईरहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तान पुगेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी सास्कृतिक सहर लाहोरमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले स्वागत गरेका छन् । शुक्रवार पाकिस्तानी प्रधानमन्त्री शरिफको जम्मदिन मात्र नभई शरिफको नातिनीको विहे पनि परेकोले भारतीय मोदी दुवै कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
पछिल्ला महिनाहरुमा सीमाक्षेत्रमा बढेको तनावका कारण भारत र पाकिस्तानबीचको सम्वन्ध अत्यन्त नाजुक बनेको अवस्थामा मोदीको पाकिस्तान भ्रमणले दुई देश बीचको तनाव कम गर्न सहयोग पुग्ने विश्वास दुवै देशका अधिकारीहरुले गरेका छन् । मोदीको पाकिस्तान भ्रमणलाई भारत र पाकिस्तान मात्र नभई विश्वका प्रभावशाली सञ्चार माध्यमहरुले पनि उच्च महत्वका साथ समाचार प्रवाह गरेका छन् । सन् २००४ मा भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीले पाकिस्तानको भ्रमण गरे पछि १२ बर्ष सम्म कुनै पनि भारतीय प्रधानमन्त्रीको पाकिस्तान भ्रमण हुन सकेको थिएन् ।

मोदीको शरिफसंगको भेटमा आतंकवाद, सीमा तनाव, आर्थिक मुद्या लगायतका छलफल हुने सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

LIVE TV