११ पुष २०७२, शनिबार

– रिया भण्डारी

गर्मी महिनामा भन्दा जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने हुँदा चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले सुझाएका छन् । उपत्यकालगायत देशभर चिसो बढे संगै अस्पताल का बेडहरु भरिन थालेको छ । पछिल्लो एक महिनामा उपत्यकाका अस्पतालमा मौसमी बिरामीको संख्या झन्डै एकतिहाई बढेको तथ्यांक छ ।

केहिदिन यता ह्वातै चिसो बढे संगै काठमाण्डौ उपत्यका सहित मुलुकका अधिकांश भागमा जनजीवन प्रभावित बनेको छ । चिसो बढेसंगै स्वास्थ्य समस्या पनि बढेको छ । बालालिका वृद्धबृद र पालमुनि बसेका भूकम्प पीडितहरुको अवस्था झनै दयनीय बनेको छ । जाडो मौसममा खानपिन र पहिरनमा बिशेष ध्यान दिनु पर्ने र सम्भावित इन्पÞm्ल्युएन्जाबाट बच्न र बिशेष सतर्कता अपनाउन चिकित्सकहरुको सुझाब छ ।

चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै कणहरु पुग्ने हुँदा स्वास्थ्यमा हेलचेक्राइ गर्न हुदैन । मह, अदुवा, मरिच आदिले घाँटीका नसाहरूको संकुचनलाई कम गराउने भएकोले यसलाई रुघा लागेको बेला प्रयोग गर्नु राम्रो हुन्छ । यस्तो मौसममा रुघा लाग्ने, श्वास(प्रश्वासको समस्या आउने, पखाला कोल्ड डायरिया जस्ता समस्याले सताउनु स्वाभाविक नै हो । जाडोको मौसममा ९० प्रतिशत मानिस रुघाखोकीको शिकार हुने गरेको तथ्यांक छ । जाडोमा भाइरसहरु बढी सक्रिय हुने र फैलिने हुँदा जाडोमा स्वास्थ्य समस्या बढने चिकित्सकहरुको अनुभव छ । यस समयमा वयस्कहरूभन्दा दस गुणा बढी रुघाखोकी बालबालिकाहरूलाई लाग्ने गर्छ । चिसोमा बालबालिकाको स्वास्थ्यमा बिशेष ध्यान दिन आबश्यक छ । खोकी लागेर श्वासको गति छिटोछिटो हुने, नवजात शिशुहरूमा श्वासप्रश्वास गति प्रतिमिनेट ६० भन्दा बढी भएमा एक वर्षसम्मकामा ५० भन्दा बढी भएमा तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकामा प्रतिमिनेट ४० भन्दा बढी भएमा निमोनियाँ भएको बुझ्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । श्वास फेर्न अप्ठ्यारो हुने कोखा छिटोछिटो हान्ने श्वास फेर्दा ख्यारख्यारको ह्विजिङ साउन्ड सुनिने, कफसँग रगत आउने हुनाले कफ कडा खैरो (रस्टी) देखिने र श्वासप्रश्वास प्रक्रियामा अवरोध आउने जस्ता लक्षण निमोनिया हो । यस्ता लक्षण देखिएमा चिकित्सककोमा जान ढिला गर्नु हुन्न ।

LIVE TV