
प्रकृतिको पुजा गर्दै किंरात जातिहरुको चासोक तङनाम शुक्रबार देखि शुरु भएको छ । खेतबारीमा लगाएको अन्नबालीको पुजा गर्दै घर भित्र्याउने दिनमा प्रकृतिको पुजा गर्दै चासोक मनाउने गरिन्छ ।
किंरात समुदायले बिगतका बर्षहरुमा झैँ किरात याक्थुङ चुम्लुङ्ग धरान उपमहानगर समितिले शुक्रबारदेखि चुम्लुङ परिषरमा १४ गते सम्म विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित चासोक तङनाम मनाउने भएको छ । लिम्बु भाषाको प्रवर्तक त्येङ्सी शिरिजंगाको ३११ औं स्मृति दिवसको अवसर पारेर किरात याक्थड चुम्लुड धरान नगर समितिको आयोजनामा धरान ८ स्थित रहेको श्रीजंगाको प्रतिभामा फूलमाला गरी पूजाआजासंगै चासोक तडनाम (उधौली पर्व) को शुरुवात गरेका हुन् । सो अवसरमा बोल्दै किरात याक्थुड चुम्लुङकी केन्द्रीय उपाध्यक्ष चन्द्रमाया मावोले लिम्बुहरुको पहिचान भनेको संस्कृति भएकोले यसलाई जोगाउन अत्यन्तै आवश्यक भएको बताउनुभयो ।
किरात याक्थुड चुम्लुडको भवनमा शुत्रबारबाट शुरु भएको सो उत्सव विविध कार्यक्रमको आयोजना सहित १४ गते समापन गरिनेछ ।