११ पुष २०७२, शनिबार

बदलिँदो जीवनशैलीका कारण हृदयघात बढेको छ । यसको जोसिख जोडोमा थप हुने चिकित्सकले बताएका छन् । चिसोले हृदयघात र मुटु रोग बढाउने भएकाले सचेत हुन उनीहरुको सुझाव छ । नागरिक दैनिकमा समाचार छ ।

 

अस्पतालमा जाडोसँगै मुटु रोगी, हृदयघात, मस्तिष्क घातका बिरामी बढेर गएको मुटुरोग विशेषज्ञ तथा अस्पतालले जनाएका छन् । सहिद गंगालाल हृदयकेन्द्रमा हाल दैनिक ५ देखि १० जना हृदयघातका विरामी आउँछन् । त्यससँगै चिसोका कारण मुटुरोगीहरु निमोनिया र अन्य समस्या लिएर आउने गरेको अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. दिवाकर शर्माले बताए ।

 

उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा दैनिक ५० जना यस्ता विरामी आउँछन् । चिसो बढेसँगै अस्पतालमा दैनिक मुटु र साना ठूला हृदयघातका बिरामी आउने गरेको मनमोहन कार्डियो, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । हाल अस्पतालमा दैनिक औसत सानो ठूलो हृदयघात गरी ६ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV