
काठमाडौं । चिसोका कारण ११ लाख २१ हजार आठ भूकम्पपीडित बालबालिका उच्च जोखिममा परेका छन् । यो केन्द्रीय बालकल्याण समितिको तथ्यांक हो ।
त्यस्तै युनिसेफका अनुसार नाकाबन्दीले भूकम्प प्रभावित जिल्लाका बालबालिकाले पौष्टिक आहार, खोप, औषधि पाएका छैनन । युनिसेफले भनेको छ, ‘इन्धन खाना, औषधि र खोप अभावले यो वर्षको जाडोमा नेपालका पाँच वर्ष मुनिका तीन लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुनसक्ने जोखिममा छन् । भूकम्पको असर भोगेका बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।’
देशभर नाकाबन्दी तथा भूकम्पले पाँच वर्षमुनिका ३० लाख बालबालिका प्रभावित रहेको युनिसेफको तथ्यांक रहेको नयाँ पत्रिकामा खबर छ ।