
राप्ती अञ्चलको सबै भन्दा पुरानो वस सेवा राप्ती सार्वजनिक यातायात व्यवसायी समितिले दाङ्गले दाङ्ग काठमाडौका लागि सुविधा सम्पन्न ‘राप्ती एसी’ बस सेवा सञ्चालनमा ल्याएको छ । सएयर कण्डिसन सेवा सहितको ‘राप्ती एसी’ अत्याधुनिक बस सेवा सञ्चालनमा ल्याएको हो । बिहीबार एसी गाडीको एक कार्यक्रमका बीच उदघाटन तथा सेवा आरम्भ समेत गरिएको छ । एक वर्ष अघिको घोषणलाई आफुहरुले पूर्णता दिएको बताउदै समितिका अध्यक्ष सुरेश हमालले नाकाबन्दीले केहि समय पछि धकेले पनि नागरिकहरुलाई गुणस्तरीय सेवा दिन सफल भएको बताउनु भयो । राप्ती अञ्चलमा विभिन्न यातायात प्रालिहरुले आधुनिक डिलक्स र एसी बस सेवा सञ्चालन गरिरहदा पुरानो समितिले यसको सेवा आरम्भ गरेको हो । सामान्य गाडी भन्दा वढि सुविधा सम्पन्न र यात्रुउपयोगी सेवा दिन एसी बस सुरु गरिएको अध्यक्ष हमालले वताउनुभयो । उहाँले वसमा पत्रिका, पानी, एसी, खानामा गुणस्तर, वाइफाई सेवा, एलइडी सेवा, कुलर, पङखाको सेवा भएको जानकारी दिनुभयो । बसमा यात्रा गर्ने यात्रुले समेत समितिको नयाँ सेवाको स्वागत गरेका छन ।गाडीमा ३७ सिट रहेका र सिट क्षमता सरह नै यात्रु राखिने बताइएको छ । यो संगै यात्रुहरुलाई खानाका लागि गुणस्तरीय होटेलहरुमा निश्चित स्थानमा मात्रै खुवाउने पनि समितिले जनाएको छ । हाललाई ६ वटा एसी बसवाट सेवा सुरु गरेको भए पनि आबश्यकता अनुसार यसलाई बढाइने समितिले जनाएको छ ।