१० पुष २०७२, शुक्रबार

नेपालगन्जमा भएको मिस नेपालगन्जको उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कि सुमन थापाले जितेकी छिन । मिस नेपालगन्ज २०१५ मा सहभागी ११ जना युवतीहरुलाई उछिन्दै सुमन थापा मिस नेपालगन्ज २०१५ हुन सफल भएकी हुन् ।
बिहीबार अबेर राति सम्पन्न मिस नेपालगन्ज–२०१५ को ग्राण्ड फिनालेमा २२ बर्षीया सुमन थापाले शिरमा ताज पहिरिन सफल भएकी छिन् । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा मिस नेपालगन्ज घोषित भए वापत नेपालगन्ज धम्बोजी निवासी सुमनले लायन्स क्लबको ग्राण्ड एम्बेष्डर हुनुका साथै बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । नेपालगन्जको पहिलो सामुदायिक टेलिभिजन भिजन टेलिभिजनकी कार्यक्रम प्रस्तोता समेत रहेकी सुमन मिस पपुलर विधामा पनि उत्कृष्ट घोषित भएकी थिइन् । प्रतियोगितामा रेसिका घिमिरे फस्ट रनरअप, अर्पणा शाह सेकेन्ड रनरअप भएका छन् । रेसिकाले बेष्ट स्माइलको उपाधि पनि जितिन । प्रतियोगितामा सन्तोषी गिरी मिस ब्युटिफुल, अमृता तामाङ मिस फोटोजेनिक, काजोल आले मिस बेष्ट क्याटवाक, आकृति सिंह मिस बेष्ट अनुशासन विधामा उत्कृष्ट भएका हुन् । बिहीबार सम्पन्न प्रतियोगिहरुको निर्णायकहरु अभिनेता एवं चलचित्र निर्माता हसनराज खान, मिस नेपाल फस्ट रनरअप तथा मिस अर्थ सहाना बज्राचार्या लगायत रहनुभएको थियो । आयोजक एक्स जेनेरसनले २०११ देखि मिस नेपालगन्ज आयोजना गर्दै आईरहेको छ । पहिलो संस्करणमा नेपालगन्ज निवासी श्रेया बस्नेत , २०१२ को संस्करणमा कोहलपुर निवासी शिला बास्तोलाले विजेताको ताज पहिरिएका थिए ।

LIVE TV