१० पुष २०७२, शुक्रबार

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेश काफ्लेले अत्याधिक भारका कारण प्राधिकरणको वितरण प्रणाली धरासायी अवस्थामा पुगेको बताउनुभएको छ । न्युज २४ टेलिभिजनको आर्थिक कार्यक्रम बीजटकमा कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत काफ्लेले वितरण प्रणालीलाई जोगाई राख्न बाध्य भएर लोडसेडिङ बढाउनु परेको बताउनुभयो । उहाँले सबैले एकैचोटी बिजुलीको अत्याधिक खपत गरेका कारण ट्रान्सफमरमा समस्या देखिएको स्वीकार्नुभयो । पुरानो वितरण प्रणालीले आकस्मिक रुपमा थपिएको बिजुली खपतको भारलाई थेग्न नसकेको प्रमुख कार्यकारी अधिकृत काफ्लेको कथन थियो । उहाँले आठ दश दिन पछि नै पुनः विद्युत आपुर्तिको समय बढाइने पनि बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत काफ्लेले निर्माणाधीन जलविद्युत आयोजनाहरुबाट निकै आश गर्न सकिने बताउनुभयो । उहाँले आगामी एक वर्षमा बर्षा यामको लोडसेडिङ हट्ने र आगामी दुई वर्षमा मुलुक पूर्ण रुपमा लोडसेडिङ मुक्त हुने दावी पनि गर्नुभयो ।उहाँले मन्त्रालय र सरकारी निकायहरुबीच समन्वय भए निर्माणाधीन जलविद्युत आयोजना अझ छिटो निर्माण हुने पनि बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत मुकेश काफ्लेसंगको कुराकानीको पूर्णपाठ कार्यक्रम बीज टकमा शनिवार राति दश बजे र आइतबार बिहान साढे दश बजे हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV