१० पुष २०७२, शुक्रबार

विचौलियाको चलखेलका कारण काभ्रेका किसानहरुले यसपटक सुन्तला बेच्न सकेका छ्रैनन् । बजारमा आम उपभोक्ताले अघिल्लो वर्षको तुलमा सुन्तलाको मुल्य चर्को हिसाबमा तिरिरहे पनि काभ्रेका किसानका सुन्तला बोटमा नै झुण्डिरहेका छन् । बिचौलियाको चर्काे चलखेलका कारण काभ्रेमा उत्पादित सुन्तला बजार सम्म पुग्न नसक्दा किसान तथा उपभोक्ता ठगिएका हुन । काभ्रेमा संखु दाप्चा ¥याले तथा कुशादेवी तथा पनौती आसपासको क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र मानिए पनि सुन्तला पाकेर लटरम्म रहेपनि उपभोक्ताको स्वादसंग साटिन सकेको छैन् । यता होलसेल ब्यापारीहरु भने चर्काे मूल्यमा आफूहरुले सुन्तला किन्नु परेपछि बाध्य भएर उपभोक्तालाई पनि सोहि मूल्य लिने गरेको बताउछन् । अघिल्लो वर्ष भन्दा यो वर्ष सुन्तला उत्पादनमा करिब ३०% ले कमी आए पनि किसानले सुन्तलाको मुल्य भने जस्तो पाउन सकेका छैनन् । बनेपाका एक ब्यापारी अघिल्लो वर्ष यहि सिजनमा काभ्रेको सुन्तला प्रति के.जी ७० का दरले विक्रि गर्ने भए पनि यो वर्ष ११० रुपैयाँ रहेको बताउछन् ।
त्यस्तै उपभोक्ताहरु पनि सरकारले अनुगमन नगर्दा किसान तथा उपभोक्ता दुबै मारमा परेको गुनासो गर्छन । यता काभ्रे उद्योग बाणिज्य संघको भने किसानहरुमा चेतनाको अभाव तथा नाकाबन्दीको कारण किसान तथा उपभोक्ता मर्कामा परेको निष्कर्ष छ ।

LIVE TV