१० पुष २०७२, शुक्रबार

दक्षिणी नाइजेरियास्थित एक औद्योगिक ग्याँस प्लान्टमा भएको विष्फोटमा ठूलो संख्यामा मानिसहरु हताहत भएका छन् । घटनामा कम्तीमा एक सय जनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । अनाम्ब्रा राज्यको नोवी शहरमा एउटा ट्रकबाट खाना पकाउने ब्युटेन ग्याँस झार्न लागिएका बेला विष्फोट हुँदा आगलागी शुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाका बेला खाना पकाउने ग्याँस भर्न मानिसहरु लाइनमा बसिरहेका थिए । उक्त क्षेत्र वरपरका घरमा पनि क्षति पुगेको बताइको छ । बिष्फोटपछिको आगलागी निकै भीषण रहेको र आगो नियन्त्रणमा लिन कैयौं घण्टा लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

LIVE TV