१० पुष २०७२, शुक्रबार

भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज आयोजक भारतले श्रीलंकासँग खेल्दैछ । भारत र श्रीलंकाबिचको खेल केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार बेलुका पौने सात बजेपछि सुरु हुनेछ । समुह ए अन्तर्गतको खेलमा भारतको पहिलो खेल हो भने श्रीलंकाको अन्तिम खेल हो । पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको नेपालका लागि पनि यो खेल अर्थपूर्ण छ । यो खेलमा भारज विजयी भएमा नेपालले सेमिफाइनल प्रवेशको सम्भावनाका लागि आइतबार हुने खेलमा भारतलाई पराजित गर्नु पर्नेहुन्छ । यस्तै श्रीलंका विजयी भएमा नेपालले आइतबारको खेलमा भारतलाई हराउनु अनिर्वाय हुनेछ । समुह बी अन्तर्गत बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान र माल्दिभ्सले विजयी भए । अफगानिस्तानले बंगलादेशलाई ४–० तथा माल्दिभ्सले भुटानलाई ३–१ ले हरायो ।

LIVE TV