
काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा दैनिक रुपमा १४ वटा विद्युत ट्रान्सर्फमर बिग्रने गरेको पाइएको छ । भारतको नाकाबन्दीले इन्धन आपूर्तिमा समस्या भएपछि खाना पकाउन विद्युतीय उपकरणको प्रयोग बढ्दा लोड धान्न नसकी ट्रान्सर्फमर बिग्रिएका हुन । ट्रान्सर्फमर बिग्रँदा उपभोक्ताले लोडसेडिङ नभएका बेला पनि विद्युत नपाउने समस्या बढेको छ । दैनिक १४ ट्रान्सफर्मर पड्किएपनि नेपाल विद्युत प्राधिकरणको लैनचौर मर्मत केन्द्रले दुईवटा ट्रान्सर्फमर मात्रै दैनिक मर्मत गर्ने गरेको छ । स्रोत र साधन सीमित हुँदा ट्रान्सर्फमर मर्मतमा समस्या भएको केन्द्र प्रमुख राजेन्द्रकुमार चौधरीले बताउनुभयो । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पुससम्म चार सय १४ ट्रान्सर्फमर जलिसकेका छन् । यो संख्या अघिल्लो पुरै वर्षको बराबर हो ।