९ पुष २०७२, बिहीबार

नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार विक्रम निरौलालाई प्रदान गरिएको छ । प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याए वापत एक जना पत्रकारलाई सो पुरस्कार प्रदान गर्ने गरिएको छ । रोल…
नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार बिहीवार विराटनगरमा आयोजित एक कार्यक्रम बीच प्रतिष्ठानका संरक्षक सभासद् डा. शेखर कोइरालाले निरौलालाई प्रदान गर्नुभयो । पत्रकार निरौलालाई नगद २५ हजार, प्रमाणपत्र र पदक प्रदान गरिएको थियो ।
यसअघि सो पुरस्कार विष्णु निष्ठुरी, धर्मेन्द्र झा, सुवास ढकाल, हर्ष सुब्बालाई प्रदान गरिसकिएको छ ।यसैगरी सोही कार्यक्रममा सामाजिक सेवामा योगदान पु¥याए वापत चार जना महिलाहरुलाई सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा शान्ता अधिकारी, शान्ता घिमिरे, मिना जोशी र उमादेवी शर्मा रहनु भएको छ ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले पत्रकारिता क्षेत्रलाई निष्पक्ष र स्वतन्त्र बनाउन राजनीति भन्दा टाढा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

LIVE TV