९ पुष २०७२, बिहीबार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सीमांकनमा सहमति नभएसम्म मधेसी मोर्चाले पुनर्निर्माण प्राधिकरण विद्येयक पारित गर्दा झै मौन बसेर सहयोग गर्न सक्ने बताउनु भएको छ । उहाँले नेपाल र भारतको सम्बन्धलाई मधेसमा ल्याउन नहुने पनि प्रष्ट पार्नुभएको छ । मुलुकको समस्या समाधानको लागि पहल गर्न आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष दाहालले संविधान संसोधनको भाषामा सहमति हुनसक्ने प्रष्ट पार्नुभयो । उहाँले शुक्रवार हुने मधेसी मोर्चाका शीर्ष नेताहरुसँगको छलफलबाट संविधान संशोधन विद्येयकको भाषामा सहमति जुटाउने विश्वास ब्यक्त गर्दै आफूले सहमतिको लागि सरकार र प्रमुख प्रतिपक्षी दलहरुसँग पनि कुरा गरिरहेको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले सीमांकन अहिले नै मिलाउन निक्कै कठिन भएको भन्दै त्यसैले यसलाई तीन महिनाभित्र टुङउने विषयमा मधेसबादी दलहरु सहमतिमा आउनु पर्ने बताउनु भयो । सरकारको चार बुँदे मार्गचित्रमा भारतको स्वागत पछि विषय सकारात्मक दिशा तिर गएको भन्दै उहाँले दुई देशको सम्बन्धमा मधेसलाई ल्याउन नहुने बताउनु भयो ।
अध्यक्ष दाहालले कालोबजारी र तस्करी नियन्त्रणमा छलफल भएर उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत आफूले सरकारलाई दवाव दिईरहेकोले अहिले त्यो क्रम घट्दो रुपमा रहेको दावी गर्नुभयो ।

LIVE TV