
प्रधानमन्त्री केपी ओलीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र साना दलहरुको तर्फबाट प्रधानमन्त्री ओलीले ४ जना मन्त्री थप गर्नुभएको छ । बिहीबार साँझ नब नियुक्त मन्त्रीहरु दीपक बोहोरा, शिवलाल थापा, प्रेमबहादुर सिंह र एकनाथ ढकाललाई राष्ट्रपति बिद्यादेबी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।
नब नियुक्त मन्त्रीहरु मध्ये दीपक बोहोरालाई श्रम तथा रोजगार मन्त्रालय , शिवलाल थापालाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ । वातावरण मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय छुट्टाईएको छ । सहरी विकास मन्त्रालयलाई टुक्राई खानेपानी तथा सरसफाई मन्त्रालयमा प्रेमबहादुर सिंह र एकनाथ ढकाल बिना बिभागीयको जिम्मा दिईएको छ । गत असोज २५ गते गठन भएको मन्त्रिपरिषद् यसअघि कात्तिक १ गते, कात्तिक १९ गते र कात्तिक २३ गते गरी तीन पटक विस्तार गरिएको थियो । विस्तारपछि हालको मन्त्रिपरिषदमा ६ जना उपप्रधानमन्त्री सहित २८ मन्त्री, ४ राज्यमन्त्री र २ सहायक मन्त्री गरी ३५ जना पुगेका छन्।