९ पुष २०७२, बिहीबार

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले मधेश आन्दोलनभित्र अपराध र आतंक लुकेको बताउनु भएको छ । आन्दोलनका कारण सामाजिक सद्भाव खल्बलिएको साथै राजनीतिक विश्वास घट्दै गएको पनि उहाँले बताउनु भएको छ ।
न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति रियल फेसमा एमाले पोलिट्ब्यूरो सदस्य पण्डितले मधेशी मोर्चाले गरेको आन्दोलनमा आतंक र अपराध लुकेको मात्र नभई यो आन्दोलनले दुनियाँसामु नेपालको बद्नाम गरेको बताउनु भएको हो ।
भारतमा बसेर भोज खाने अनि नेपालमा आन्दोलन गरेर राष्ट्रियता सुदृढ नहुने भन्दै नेता पण्डितले नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ताका लागि बोलाउँदा नजाने बरु भारतीय दूतावास जाने र दिल्लीसम्म पुग्ने काम गर्नु गलत भएको धारणा राख्नु भयो । पण्डितसँगको कुराकानी आज राति ९ बजे रियल फेसमा हेर्ने प्रयास गर्नुहोला ।

LIVE TV