९ पुष २०७२, बिहीबार

मौरी पालन र महको महत्व बुुझाउन दाङका एक किसानले आफनै घरमा मह महोत्सवको आयोजना गरेका छन् । मौरीपालन व्यवसायलाई बढवा दिन र मौरीबाट उत्पादन हुने महको महत्व सबैलाई बुझाउँन महोत्सवको आयोजना गरिएको ती किसानको भनाइ छ । विजौरी गाविस हेमन्तपुरमा १६ वर्षदेखि व्यवसायिक रुपमा मौरी पालन गर्दे आएका ८३ बर्षिय देवमणि देवकोटाले आफनै घरको वारीमा मह महोत्सवको आयोजना गर्नुुभएको हो । उहाले स्थानीय युवाहरु विदेशीने क्रम जारी रहेको अवस्थामा स्वरोजगार हुने व्यवसायमा आकर्षण बढोस् भनेर मह महोत्सवको आयोजना गरिएको कृषक देवकोटाले बताउँनुभयो । एक दिने मह महोत्सवमा देवकोटाले आफुले उत्पादन गर्नुभएको कृषि सामग्री,मह र मौरी घारहरुको वारेमा जानकारी दिनुभएको थियो । २०५७ साल देखि ४ घारबाट व्यवसाय थाल्नुभएका देवकोटाले अहिले महको वजारीकरणमा समस्या आएको बताउँनुभयो । देवकोटाले आयोजना गरेको मह महोत्सवलाई जिल्ला कृषि विकास कार्यालय दाङले समेत सहयोग गरेको थियो । मह व्यवसायमा राम्रो आम्दानी हुने भए पनि वजारीकरण र चरण समस्या बढेको कृषक देवकोटाले बताउँनुभयो । त्यसैले राज्यले त्यो समस्या व्यवास्थापन गर्ने गरि विशेष रणनीति ल्याउनुपर्ने उहाँको कथन छ ।

जिल्ला कृषि विकास कार्यालयका वालिविकास अधिकृत पिताम्वर बस्नेतले पनि जिल्लामा मह उत्पादन वढिरहेको भए पनि वजारीकरण र चरण व्यवस्थापनको समस्या रहेको स्वीकार गर्नुभयो । उहाले तोरी व्यवसायी र मौरी व्यवसायीबीच समन्वयको कमी भएका कारण चरणको समस्या भएको निष्कर्ष सहित कृषि कार्यालयले व्यवस्थापनको काम गरिराखेको वताउनुभयो ।

कार्यालयको तथ्याङक अनुसार जिल्लामा वार्षिक ३ सय ६० मेट्रिक टन मह उत्पादन हुदैे आएको छ । जिल्लमा अहिले १२ हजार घार मौरी रहेको कृषि कार्यालयले जनाएको छ । अर्का मौरी व्यवसायी प्रमोद देवकोटाले महोत्सवले वजारीकरणमा सहयोग पर्ने वताउनुभयो ।

LIVE TV