९ पुष २०७२, बिहीबार

उपराष्ट्रपति नन्दबहादुर पुनले गौरवपूर्ण बलिदानबाट प्राप्त उपलब्धिका कारण आम नेपालीको भविष्य उज्वल भएपनि यसको रक्षार्थ चुनौती देखिएको बताउनु भएको छ । उहाँले जनतामा परिवर्तन अनुभूत हुने गरी बिभिन्न कार्यक्रम गर्न जरुरी भएको बताउनु भएको छ । बिहीबार रोल्पामा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले विभिन्न चरणका परिवर्तनकारी आन्दोलन एवम् जनयुद्धले रोल्पाली जनताको राजनीतिक चेतना धेरै माथि उठाए पनि जनताकोे आर्थिक जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको स्वीकार गर्नुभयो । उहाँले जनताको जीवनमा परिवर्तन अनुभूति हुने गरी विकास आयोजनाहरु अगाडि बढाउन जरुरी भएको बताउनुभयो ।
अहिलेको आवश्यकता भनेको आर्थिक सामाजिक बिकास र समृद्धि भएको पुनको भनाइ छ । उपराष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला पुग्नुुभएका पुनले रोल्पा जिल्लाको समग्र विकासको लागि बाटोघाटो, सञ्चार, पुल, सिंचाई, उन्नत आधुनिक कृषिप्रणालीको विकासमा आवश्यक योजना र बजेट व्यवस्था गरि विकासको ढोका खोल्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो । यसका लागि सबैको सर सहयोग र सक्रियताको आवश्यकता औँल्याउनुभयो । रोल्पाली जनताकोे बलिदानले नेपालको परिवर्तनका लागि ठूलो योगदान पु¥याएको भन्दै यसमा रोल्पावासीले गर्व गर्नुपर्ने पनि उपराष्ट्रपति पुनको भनाई छ ।

LIVE TV