९ पुष २०७२, बिहीबार

पैगम्वर ईस्लाम हजरत मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा ईस्लाम धर्मालम्वीहरुले काठमाण्डौमा शान्ति पद यात्रा गरेका छन । विहीवार राजधानको मुटुमा अवस्थित जामे मस्जिदवाट सुरु भएको शान्तिपदयात्रा बागवजार, सिंहदरवार हुँदै पुनः मस्जिदमै पुगेर समापन भएको थियो । वि.स. २०६८ सालको जनगणना अनुसार नेपालमा ईस्लाम धर्मालम्वीहरुको संख्या ११,६४,२५५ रहेका छन । उक्त संख्या नेपालको कुल जनसंख्याको ४.४ प्रतिशत हो । पैगम्वर मोहम्मदको जन्मोत्सव संसारभरी विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ । नेपालभरीका मस्जिदमा पनि यो अवसरमा विभिन्न कार्यक्रम हुने गर्दछन ।

LIVE TV