९ पुष २०७२, बिहीबार

काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्ने क्रममा छ । हिजोको तुलनामा आज चिसो बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई वर्ष यता कै कम मापन गरिएको छ । बुधबार शून्य दशमलव ९ डिग्री रहेको तापक्रम घटेर आज बिहान शून्य दशमलव ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । सन् १९७७ डिसेम्बरमा काठमाडौंको तापक्रम अहिलेसम्मकै कम माइनस २ डिग्रीमा झरेको थियो । देशका अरु ठाउँको तापक्रम पनि घट्दै गएको छ । जुम्लाको तापक्रम माइनस ८ दशमलव ४ डिग्री र जीरीको माइनस ३ दशमलव ७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । मौसमविद बरुण पौडेलका अनुसार अहिलेको अवस्था हेर्दा अझै केहीदिन तापक्रम घट्दै जाने सम्भावना छ । मौसम सफा भए पनि निरन्तर जाडो बढ्नुको अरु कुनै कारण नभई नियमित प्रक्रिया भएको उहाँले बताउनुभयो ।चिसो बढेसँगै विभिन्न रोगको जोखिम बढ्ने भएकाले पूर्व सावधानी अपनाउन चिकित्सकको सल्लाह छ । चिसोका कारण रुघाखोकी, निमोनिया, दम, हृदयाघात, उच्च रक्तचापलगायत समस्या आउने भएकाले बिहानीपख र बेलुका विशेष ध्यान दिन चिकित्सकले सल्लाह दिएका छन् ।

 

 

LIVE TV