
पृथ्वी राजमार्ग क्षेत्रमा लुुकाइ छिपाई इन्धन विक्री वितरण गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको सातवटा ट्याँकर र सोबाट तेल खरिद बिक्री गर्ने कार्यमा संलग्न १५ जनालाई प्रहरीले कालोवजारी ऐन अन्र्तगत कारवाही अघि बढाएको छ ।प्रहरीले मंगलबार धादिङको जुंगेखोला नजिकैबाट ट्याँकर सहित १५ जनालाई नियन्त्रणमा लिएको थियो । सातवटा ट्याँकरमा २० हजारका दरले १ लाख ४० हजार लिटर डिजेल लिएर राजधानी जांदै गरेको ट्यांकर बिच वाटोमा रोकेर तेल बिक्री गरिरहेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । पृथ्वी राजमार्ग क्षेत्र वरपर लुुकाइ छिपाइ महंगो मूल्यमा इन्धन बिक्री वितरण भईरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सातवटा ट्याँकरलाई नियन्त्रणमा लिएको थियो । जोगवनी नाकाबाट नेपाल आयाल निगम थानकोट डिपोका लागि डिजल बोकेर आएका ना४ख ३११२, ना४ख ८६७३, ना४ख ४१४९, ना४ख ६१३२, ना४ख ४०७, ना४ख ४०६ र ना४ख ५०८१ नम्बरका ट्याँकरहरु कालोवजारी गरेको आरोपमा नियन्त्रणमा लिईएका हुन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सविन प्रधानका अनुसार ट्याँकरमा लगाइएको सिल तोडी इन्धन निकालेर डिजेल प्रति लिटर १ सय ५० रुपियाँमा बेचिरहेको अवस्थामा पक्राउ गरिएको हो ।