९ पुष २०७२, बिहीबार

हिट एण्ड रन मामिलामा भारतीय अभिनेता सलमान खानलाई सफाइ दिने फैसलाविरुद्ध भारतको महाराष्ट्र सरकारले सुप्रिम कोर्टमा अपील गर्ने भएको छ । स्थानीय पत्रकार अश्विन अघोषले दिएको जानकारी अनुसार महाराष्ट्र सरकारको तर्फबाट हिजो हाई कोर्टमा शपथ पत्र दायर भइसकेको छ । जसमा यो विषयलाई सुप्रिम कोर्टमा लैजाने उल्लेख छ । तल्लो अदालतले सलमानलाई पाँच वर्ष सजय सुनाइएको थियो । तर हाइ कोर्टले सफाइ दिएको छ । तल्लो अदालतले उनलाई २८ सेप्टेम्बर २००२ मा फुटपाथमा सुतेका मानिसहरमाथि गाडि चलाएकामा दोषी ठहर गरेको थियो, जुन घटनामा एकको मृत्यु भएको थियो । तर, हाई कोर्टले तल्लो अदालतको फैसला उल्टाउँदै गाडि सलमानलै नै चलाएको र घटनाका क्रममा उनले मदिरा पिएको पुष्टी नभएको बताएको थियो ।

LIVE TV