९ पुष २०७२, बिहीबार

डकुमेन्ट्रि शैलीमा बनेको चलचित्र रीफ्युजीले आफ्नो केहि दृश्यलाई काटेपछि मात्र सेन्सर बोर्डले अनुमति दिएको भन्दै उक्त चलचित्रमाथि सेन्सर बोर्डले अन्याय गरेको निर्देशकले गुनासो पोखेका छन् ।भुटान सरकारले लखेटेपछि नेपाल आई बसेका १७ हजार भुटानी शरनार्थिहरुको वास्तविक कथाबस्तुमा आधारीत चलचित्र रिफ्युजि आउने माघको १५ बाट प्रदर्शनमा आउने भएको छ ।उक्त चलचित्रलाई मनोज राई र दिपेश सुब्बाका निर्माणमा उदय सुब्बाले निर्देशन गरेका छन् । बुधबारको एक पत्रकार भेटघाटमा निर्देशकले सम्पुर्ण काम सकिसकेको र प्रदर्शनको तयारीमा रहेको बताएका छन् ।नेपाल बाट तेस्रोे मुलुकमा गएका करीब एक लाख भुटानी शरनार्थि र आफ्नो देश फर्कने आशामा झापा र मोरङको शिविरमा रहेका करीब १७ हजार भुटानी शरनार्थिहरुका समस्याहरुलाई यस चलचित्रमा समेटिएको निर्देशक सुब्बाले बताएका छन् ।माघको १५ बाट नेपालमा प्रदर्शन हुने उक्त चलचित्र जनवरिको पहिलो साता देखि अमेरीका, क्यानाडा, वेल्जियम,र अष्ट्रेलियामा पनि प्रदर्शन गरीने निर्देशक सुब्बाले बताएका छन् । यस रीफ्युजि चलचित्रलाई सौरभ लामाको छायांकन, राजु किरातीको द्वन्द,दिनेश पाख्रिनको नृत्य, तारा थापा किम्लेको सम्पादन, बिकास चौधरीको संगित, डब्बु क्षेत्रि र उदय सुब्बाको गीत रहेका चलचित्र रीफ्युजी मा जीवन लुईंटेल, नीर शाह,रीस्ता बस्नेत, सुरवीर पण्डित,मोहन निरौंला, भुपेन्द्र लिङदेन लगाएतको अभिनय रहेको निर्माता राई बाताएका छन् ।

LIVE TV