९ पुष २०७२, बिहीबार

हुम्लाको सिरिमस्ता गाविसमा आगलागीमा परेर ४ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । हुम्लाको सिरिमस्ता गाविस वडा नम्बर १ तिब्लाङ् गाउँमा गएराती आगलागी हुदां ३ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । अत्याधिक चीसोका कारण आगो ताप्ने क्रममा आगलागी भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालीकोट लालु गाविस बडा नम्बर ८ का ३५ बर्षीय जया मिजार, २६ वर्षका मान वहादुर बिक, ४० वषीय नैया सुनुवार र २८ बर्षका गगन सुनुवार रहेको प्रहरीले जनाएको छ । घाइते सात जना पनि कालीकोट लालु गाविसकै रहेको र उनीहरुको उपचारका लागि काठमाण्डौ ल्याउने प्रयास गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जय प्रसाद कुमाइले जानकारी दिनुभयो । उनीहरु ग्रामीण पहुँच परिचालन कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित सडक निर्माणमा काम गर्दै आएका थिए । अत्याधिक चिसोका कारण आगो ताप्ने क्रममा उनीहरु बस्दै आएको घरमा आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV