९ पुष २०७२, बिहीबार

भूकम्प प्रभावितहरुलाई सरकारले पर्याप्त राहत उपलब्ध गराउन नसकेको गुनासो आइरहेको वेला बिभिन्न गैह्रसरकारी संघ संस्थाहरु राहत वितरणमा लागेका छन् । भूकम्प प्रभावित सर्बसाधारणहरुलाई होप फर नेपालले राहत वितरण गरेको छ । होप फर नेपालले काठमाण्डौ साँखु ढोङ्साङ् गाउँका भूकम्प प्रभावितहरुलाई दुई सय थान ब्ल्याङ्केट प्रदान गरेको हो । यसवाट उनीहरुले थोरै भएपनि राहतको महशुस गर्न अध्यक्ष कमला थापाको विश्वास छ । विवेकशील नेपाली नामक संस्थाको सहयोगमा होप फर नेपालले अन्य स्थानमा रहेका भूकम्पपीडितहरुलाई समेत राहत प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV