९ पुष २०७२, बिहीबार

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले निजी क्षेत्रलाई सहभागी बनाएर मुलुकको पर्यटन प्रवद्र्धनमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले चार बर्षे कार्यकालमा चारवटा रणनीति बनाएर अघि बढने योजना पनि तय गर्नुभएको छ ।
आफ्नो पद तथा गोपनीयताको बुधबार सपथ लिदै सिइओ जोशीले निजी क्षेत्रलाई सहभागिता विना मुलुकको पर्यटन प्रवद्र्धनमा अपुरो रहने बताउनुभयो । उहाँले आफ्नो चार वर्षे कार्यकालमा चारवटा रणनीति बनाएर अगाडि बढ्ने योजना बनाएको बताउनु भयो । सिइओ जोशीले आफुले सन् २०१६ लाई इयर्स अफ सर्भाइभल, २०१७ लाई इयर अफ रिभाइभल, २०१८ लाई इयर अफ रि–इन रिग्रेसन र २०१९ लाई बिल्डिङ ब्याक बेटर वर्षका रुपमा लिएर अगाडि बढने योजना तय गरेको जानकारी दिनुभयो ।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले आफ्नो दायित्व राम्रोसँग निभाउन सिइओ जोशीलाई सुझाव दिनुभयो । त्यसै गरी ट्रेकिङ एजेन्टस् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गर्न जोशीलाई सुझाव दिनु भयो । गत हप्ता पर्यटन सचिव दिनेश कुमार थपलियाको अध्यक्षतामा बसेको बोर्ड बैठकले जोशीलाई सिइओमा नियुक्त गरेको थियो ।

LIVE TV