९ पुष २०७२, बिहीबार

अफ्रिकाको द्धन्द्धग्रस्त मुलुकहरु नाईजेरिया लगायतका मुलुकहरुमा इस्लामिक अतिवादी समूह बोको हरामको आक्रमण कारण १० लाख बालबालिकाहरु विद्यालय जानवाट वञ्चित बनेका छन् । हरामको आतंकका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीको संख्या बढ्दै गएको राष्ट्र संघीय निकाय युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार द्धन्द्धग्रस्त मुलुकहरु नाईजेरिया, चाद, नाईजर र क्यामरुममा गरी २००० विद्यालयहरु बोको हरामको आतंकका कारण बन्द हुन पुगेका छन् । ती मध्ये दर्जनौ विद्यालयहरु युद्धकाक्रममा ध्वस्त हुन पुगेको कारण बालवालिकाहरु विद्यालय जानवाट वञ्चित हुन पुगेका छन् ।
युनिसेफकी पश्चिम तथा मध्य अफ्रिका क्षेत्र निर्देशक म्यानुयल फोन्टेनले द्धन्द्धले ती मुलुकहरुका शैक्षिक क्षेत्रहरुलाई गम्भीर असर पु¥याएको जानकारी दिईन् । आफुहरुले शैक्षिक क्षेत्रलाई आक्रमणको निशाना नवनाउन आग्रह गर्दै आएको भएपनि विद्रोहीहरुले अस्वीकार गर्दै आएको वताईएको छ । अफ्रिकी महादेशको बलियो अर्थतन्त्र मानिने देश नाईजेरिया पाकिस्तान पछि बालबालिका शिक्षाको लागि विश्वमै सवैभन्दा असुरक्षित मुलुक मानिन्छ । सन् २००९ मा बोको हराम विद्रोहीले आतंकवादी क्रियाकलाप शुरु गरे यता नाईजेरियामा मात्र ६०० भन्दा बढी शिक्षकहरुको हत्या भईसकेको छ । बोको हरामलाई अमेरिका लगाएतका पश्चिमा मुलुकले खतरनाक आतंकवादी समूहको रुपमा चित्रित गर्दै यस विरुद्ध आफुहरुको सहयोग रहेको बताउँदै आएका छन् । बोको हरामको आक्रमणमा परी नाईजेरियामा मात्र २० हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने लाखौं विस्थापित हुन पुगेका छन् । नाईजेरियाली सरकारले बोको हराम विरुद्ध भीषण कारवाही जारी राखे पनि आतंकवादी गतिविधिमा कमी आउन नसकेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

LIVE TV