९ पुष २०७२, बिहीबार

जाजरकोट । यहाँका दुर्गम क्षेत्रमा रहेका दुईवटा गाविस साक्षर घोषणा भएका छन् । जिल्लाका नायकवाडा र रोकायगाउँ गाविसलाई साक्षर घोषणा गरिएको हो । यी दुवै गाविसमा ९० प्रतिशत जनसङ्ख्या साक्षर भएको भन्दै साक्षर घोषणा गरिएको हो । नायकवाडा गाविसमा तीन हजार ७२५ जनामध्ये दुई हजार ७०५ जना साक्षर भएको र रोकायगाउँ गाविसको पाँच हजार ५५१ जनामध्ये चार हजार ३०५ जना साक्षर भएको जानकारी जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति भक्तबहादुर ओलीले दिनुभयो । जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमअनुसार अहिले गाविसलाई साक्षर घोषणा गर्ने कार्यक्रम तीव्र पारिएको छ । रासस

 

LIVE TV