९ पुष २०७२, बिहीबार

 

‘यो भारतको आदेश कति दिन मान्ने ? लोकमान को हो ? राजा हो ? ऊ सुपर क्याबिनेट र हामीचाहिँ मिनीक्याबिनेट हो ? सार्वभौम राष्ट्र होइनौँ हामी ? सबैतिर अस्तव्यस्त बनाएर अर्को खिलराज जन्माउने तयारी हुँदैछ यहाँ ।’

बिहीबार राति बालुवाटार पुगेका प्रचण्ड आधा घण्टासम्म पहिलो तलामा प्रधानमन्त्रीसँग यसरी पड्किए । भन्दै थिए, ‘लोकमानले भारतको आदेशअनुसार निर्णय गर्ने अनि हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने ? लौ, त्यसको पत्रलाई पाँच दिन थन्क्याऊँ र एक हप्तासम्म केही निर्णय नगरी बसौँ ।’ एकछिनपछि त्यहाँ झुल्किएका सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई, ‘मेरो पिएमसँग कुरा भइसक्यो, अब तपाईं आफ्नो भनाइ राख्नुस्,’ भन्दै प्रचण्ड त्यहाँबाट निस्किएका थिए ।’

संयोगवश त्यहीदिन अख्तियारले भ्रष्टाचारको अभियोगमा कोषराजलाई कारबाही गर्न सरकारलाई पत्र पठाइएको थियो । त्यही विषयमा छलफल गर्न दुई कम्युनिस्ट घटकका अध्यक्षहरू जुटेका हुन् । गृहमन्त्री शक्ति बस्नेतकै सामु प्रचण्डले केपी ओलीलाई गरेको ब्रिफिङअनुसार मधेस आन्दोलन चर्किएको यही मौका छोपेर फौजको मनोबल गिराउने र बाबुराम या लोकमानलाई सत्तामा हावी गराउने दक्षिणी ग्रान्ड डिजाइनअन्तर्गत हठात निर्णय गरिएको हो ।

‘सरकारमा अर्को खिलराज ल्याउने सुरसार शीर्षकमा जनआस्था साप्ताहिकमा खबर छ ।’

 

LIVE TV