९ पुष २०७२, बिहीबार

काठमाडौं । इजरायल सरकारले केयर गिभरका लागि नेपालबाट लैजान खोजेको कामदार पठाउने काम तालिम दिने संस्थाका कारण अनिश्चित बनेको छ । केयर गिभरको तालिम दिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सूचीकृत गरेका संस्थाले तीनमहिने तालिम एक महिनामै सकेर तीनमहिने प्रमाणपत्र जारी गरेपछि इजरायलको रोजगारी अनिश्चित बनेको नागरिक दैनिकमा खबर छ ।

इजरायल जाने केयर गिभरले अनिवार्य रुपमा तीनमहिने तालिम लिएको हुनुपर्ने मिय इजरायल सरकारले बनाए पनि नेपालका तालिम दिने संस्थाले एक महिनाको तालिम दिएर तीनमहिने तालिम सकेको प्रमाणपत्र जारी गरेपछि समस्या आएको हो ।

वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीले इजरायल जान पहिलो चरणमा दर्ता भएका आठ सय १८ निवेदकमध्ये ६ सय २५ जनाले एकमहिने तालिम लिएर तीन महिने प्रमाणपत्र पेस गरिएपछि विभागले ती प्रमाणपत्रलाई नक्कली भन्दै छानविन अघि बढाएको छ । छानबिन जारी रहुन्जेल नेपाली युवायुवती इजरायल जान पाउने/नपाउने अनिश्चित बनेको रेग्मीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV