
दोलखा। सरकारले भूकम्पपीडित परिवारलाई न्यानो कपडा खरिद गर्न निकासा गरेको रकम पीडित परिवारसम्म पुग्न सकेको छैन ।
गृह मन्त्रालयले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई २४ मंसिरमा ५० करोड रुपैयाँ खर्चको अख्तियारी पठाए पनि रकम जिविसबाट नगरपालिका र गाविस हुँदै पीडित परिवारसम्म पुन्ग समय लाग्ने देखिएको नयाँ पत्रिकामा खबर छ ।
सरकारले मंसिरभित्रै पीडित परिवारको हातमा रकम पुर्याउने दाबी गरे पनि अझै समय लाग्ने निश्चत भएको छ ।