८ पुष २०७२, बुधबार

गत सोमबार काठमाडौंमा सातौं एल.जि.डि. सिने अवार्ड सम्पन्न भएको छ । अवार्ड कार्यव्रmममा सर्वोत्कृष्ठ सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, छायाङकार,सम्पादन सहीत कुल कुल २८ बिधामा बिजेताहरुको नाम घोषणा गरीएको थियो । २०७२ एल.जि. डि . सिने अवार्डमा सर्वोत्कृष्ठ सिनेमाको अवार्ड नोवेम्बर रेन फिल्मले जितेको छ । त्यस्तै सवोत्कृष्ठ निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, छायांकार राजेश श्रेष्ठ, सम्पादनमा राजु भण्डारी वल्ड कप इन नेपाल ,पटकथा राम बाबु गुरुङ र उपेन्द्र सुब्बा कबड्डी बाट र कथामा रामशरण पाठक वल्ड कप इन नेपाल बाट अवार्डेड भएका छन् । उक्त अवार्ड कार्यक्रममा छाँयाछवि चलचित्रकर्मि गोपाल कायस्थ र गौरी मल्ललाई रजत सम्मानबाट सम्मानित गरीएका छन् भने छाँयाछवि चलचित्र पत्रकारीता पुरस्कारबाट डब्बु क्षेत्रिलाई सम्मान गर्दै रु सात हजार सात सय सतहत्तर रुपैया नगद पुरस्कार बाट पनि पुरस्कृत गरीएका छन् । अन्य फिल्महरुको तुलनामा नोभेम्बर रेन फिल्म सर्बोत्कृष्ठ फिल्म भएको छ । यस फिल्मले सर्वोत्कृष्ठ अभिनेता र अभिनेत्री सहित आठ ओटा विधामा अवार्ड जितेको छ् ।

LIVE TV