८ पुष २०७२, बुधबार

गुरुङ समुदायले धुमधामले मनाउने नयाँ वर्ष तमु ल्होछारको सम्पूूर्ण तयारी पूरा भएको तमु ल्होछार मूल आयोजक समितिले जनाएको छ । यस पटक भेडा वर्गलाई विदाई गरी वाँदर वर्गलाई स्वागत गरिनेछ । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गरी आयोजक समितिका महासचिव सूर्यवहादुर गुरुङले ल्होछार पर्वको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले ल्होछारको अवसरमा पौष १३ गते देखि १५ गते सम्म विभिन्न सास्कृतिक कार्यक्रमहरु तथा खेलकुदहरुको आयोजना गरिने जानकारी दिनुभयो । तमु ल्होछारको मुख्य दिन पौष १५ गते काठमाडौंको टुँडिखेलमा वृहत ल्होछार मूल समारोह समितिको कार्यक्रम हुने जानकारी पनि गुरुङले दिनुभयो । तमु ल्होछारसँगै नया वर्ग र वर्षको आगमन हुने भएकोले यस सुअवसरमा मुलुक र जनतामा शान्ति,समृद्धि, एकता र सद्भाव कायम हुने विश्वास आयोजक समितिले गरेको छ । हरेक वर्ष पौष १५ गतेका दिन नेपालका गुरुङ समुदायले नयाँ वर्षका रुपमा तोला ल्होछार मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV