
तीन दिन लगातार बढेको बजार बुधबार थोरै अकंले घटेको छ । बुधवार शेयर बजार नेप्से परिसूचक ४ दशमलव ८४ अंकले घटेर १ हजार १ सय ३३ दशमलव ३४ अंकमा कारोवार भएको नेपाल स्टक एक्चेन्सजले जनाएको छ । बुधबार शेयर कारोबार रकम पनि केही घटेको छ । बुधवार दिनभरमा जम्मा ४३ करोड रुपैयाँको सेयर कारोवार भएको छ । साताका तीन नै दिन ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको सेयर बुधबार केही घटेको हो । बाणिज्य बैंक समूहको सेयर झण्डै १० अंकले घट्यो भने बीमा समूह २ दशमलव ०९ प्रतिसतले घटेको छ । त्यस्तै होटल समूहको सूचक पनि २७ दशमलव ९१ अंकले घट्यो । धेरै कारोबार हुने कम्पनीको समूह पनि बुधबार परिवर्तन भयो । धेरै कारोबार हुने कम्पनीको पहिलो स्थानमा एनआईसी एशिया भएपनि दोस्रो, चौथो र पाँचौ स्थानमा बीमा कम्पनी परेका छन् । एनआईसी एशिया बैंकको पाँच करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भयो भने शिखर इन्स्योरेन्स, नेशलन लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्राइमलाइफ इन्स्योरेन्सको सेयर धेरै कारोबार भएको छ ।