
बाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यासको चरम अभाव भए पछि ग्यास उद्योग, डिपो र बिक्रेताहरु प्रभावकारी अनुगमन बढाएको जनाएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नइन्द्र प्रसाद उपाध्यायले बजारमा खाना पकाउने ग्यासमा भएको कालोबजारी रोक्न बिशेष अनुगमनलाई बढाएको बताउनु भयो । भारतको नाकाबन्दी र मधेश आन्दोलनको क्रममा बजारमा खाना पकाउने ग्यासको चरम अभाव भए पछि बाणिज्य मन्त्रालय दवावमा परेको छ । खाना पकाउने ग्यास पछिल्लो समय ग्यास उद्योगहरुले डिपो तथा बिक्रेता मार्फत बिक्री नगरेर उद्योगहरुबाटै बिक्री हुने गरेको कारण सर्वसाधारण उपभोक्ताहरुले खाना पकाउने ग्यासको चरम अभाव भोगेका छन । बाणिज्य बिभाग, नेपाल आयाल निगम र नापतौल तथा गुणस्तर नियन्त्रण बिभाग लगायतका निकायहरु निस्कृय रहेको गुनासो उपभोक्ताहरुको रहेको छ । बजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य अकासिएको अवस्थामा पनि अनुगमन नभएको कारण बजारमा उपभोग्य बस्तुहरुको कृत्तिम मूल्य बृद्धि भइरहेको अवस्था छ । बाणिज्य तथा आापूर्ति मन्त्रालयका सचिव नइन्द्र प्रसाद उपाध्यायले बजार अनुगमन गर्ने निकाय र बाणिज्य बिभागका कर्मचारीहरुलाई जिम्मेवारपुर्ण बनाइएको बताउनु भयो । पछिल्लो समयमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य कृत्तिम रुपमा बढेको छ । त्यसैगरी कतिपय बस्तुहरुको कालोबजारी सगठित रुपमा मौलाएको अवस्थामा पनि सरकारी निकायहरु निस्कृय रहेको अवस्था छ ।