८ पुष २०७२, बुधबार

प्रायजसो म्युजिक भिडियोमा व्यस्त रहने मोडल तथा नाईका अनु शाहले फेरी पनि महानायक राजेश हमाल संग काम गर्ने भएकी छिन ् । हमालसंगको यो काम चौथो पटक भएको भन्दै महेश्वर खत्रि र श्रीपसा खत्रिले निर्माण गर्न लागेको चलचित्र सकुन्तला मा पनि राजेश हमाल संगै काम गर्ने मौका पाएकोमा खुशि व्यक्त पनि गरेकी छिन् ।
युग देखि युग, धर्मा जस्ता अन्य चलचित्रहरु पनि हमालसंग अभिनय गरीसकेकी छीन् । अनु शाह अभिनित चलचित्र लक्ष्य, बाजिघर, र धौली भर्खरै सकेकी अनुले बताएकी छिन् । यही पौषको दश गतेबाट प्रदर्शनमा आउने धौलीमा भने उस्को आफ्नो भुमिकाको बारेमा खुलाउन भने चाहिनन् ।
अनुले आफुले मन परेको कथाबस्तु र आफ्नो अपोजिट हेरेर मात्र उक्त फिल्ममा अभिनय गर्ने गरेको बताएकी छिन् । उनले फिल्ममा मात्र नभएर भ्याएको समयमा म्युजिक भिडियो पनि गरीरहेको एक प्रेसमिटमा बताएकी छिन् ।

LIVE TV