८ पुष २०७२, बुधबार

व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले रामजानकी मन्दिर भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी माथि भएको दुव्र्यवहारका सम्वन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्नभएको छ । उहाँले घटनाको दोषीलाई कारवाही गर्ने सम्बन्धमा भइरहेको प्रगतिको बारेमा समेत जानकारी दिन निर्देशन दिनुभएको छ । बुधवार अपरान्ह बसेको संसदको बैठकमा सांसदहरुले जनकपुरमा राष्ट्रपति भण्डारी माथि भएको अपमान र दुव्र्यवहार असैह्य भएको भन्दै दोषीलाई कारवाही गर्नु पर्ने आवाज उठाएका थिए । यसै बीच सभाुमख घर्तीले राष्ट्रपतिमाथि भएको घटना के कसरी भयो र दोषीलाई कारवाही गर्ने सम्वन्धमा के भईरहेको छ त्यसको जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको हो ।
बुधवारको संसद बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्वद्य सांसदहरुको नारावाजी बीच सरकारले संविधान संशोधन विधेयक पेश गरेको छ । संशोधन विधेयक माथि पुस १२ गतेवाट सैद्धान्तिक छलफल हुने भएको छ । विधेयकको मोर्चाले भने आफुहरुसंग सहमति नभई अगाडि बढाएको भन्दै विरोध गर्ने वताएको छ ।

LIVE TV